संसदमा चार पटक विश्वासको मत लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अल्पमतमा परेको छन्। सोमबार मध्यरात एमाले र कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति भएसँगै प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएको हो।
दुई दलको सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने र डेढ वर्षपछि आगामी निर्वाचनसम्म देउवाले नेतृत्वमा सरकार बन्ने छ। हाल ओली सरकारमा एमालेले अर्थसहित ९ मन्त्रालय र कांग्रेसले गृहसहित १० मन्त्रालय सम्हाल्ने छन्।
यस अगाडि २०८१ जेठ ७ गते चौथो पटक प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा १५७ मत खस्यो भने विपक्षमा शून्य मत खसेको छ। एक सांसद भने तटस्थ बसे। बैठकमा १५८ मत खसेको थियो।
प्रचण्डले तेस्रो पटक २०८० फागुन ३० गते विश्वासको मत पाएका थिए । विश्वासको मतका लागि पेश गरेको प्रस्तावको पक्षमा १५७ मत र विपक्षमा ११० मत खसेको थियो।
प्रचण्डले त्यसअघि दोस्रो पटक २०७९ पुस २६ गते पहिलो पटक र चैत्र ६ गते दोस्रो पटक विश्वासको मत लिएका थिए। पहिलो पटक बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले प्रचण्डलाई मत दिएका थिए। दोस्रो पटक बैठकमा उपस्थित २६२ सांसदमध्ये १७२ जनाले मत दिएका थिए।
गत २०७९ पुस १० गते कांग्रेसको गठबन्धन तोडेर एमाले नेतृत्वको गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए। त्यसपछि एमालेको गठबन्धन तोडेर कांग्रेससँग गठबन्धन गरेका थिए। उनले पुन:कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्न आएका हुन्।







