कलैया ।पचरौता नगरपालिका ले कोरोना भाइरस बाट मृत्यु भएका परिवार लाई राहत स्वरुप आर्थिक सहयोग गरेको छ । संक्रमण बाट मृत्यु भएको ब्यक्ति को परिवार लाई पचरौता नगरपालिकाकाे नगर प्रमुख रमेशकुमार यादवले आइतबार एक कार्यक्रम बीच चेक हस्तान्तरण गर्नु भएको हो ।

काेरेना भाइरस बाट सन्क्रमित भइ उपचार गराउदा मृत्युु भएको र काेभिड बाट सन्क्रमित भइ उपचार गराउने क्रममा खर्च भएको बिवरण हेरि पचास प्रतिशत नगरपालिकाले बेहोर्ने निर्णय गरेको थियो ।

नगरपालिका का ३४ जना सन्क्रमित मध्ये ४ जनाकाे मृत्युु भएको थियो । मृतक का अभिभावकलाई एक कार्यक्रमका बिच प्रमुख प्रशासकिय अधिकृत श्याम प्रसाद यादव , स्वास्थ सन्योज्क नवल प्रसाद यादव , शिक्षा संयोजक प्रमोद प्रसाद यादव लगायत सन्चारकर्मीहरुको रोहवरमा चेक हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख यादवले दु:खद घडिमा पचरौता बासिलाइ गाँस बाँस कपासकाे अभाव नहाेस भने अाफु एउटा नागरिकको शेवक काे रूपमा सेवा दिने तत्पर रहेको समेत बताएको थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर