
कलैया ।बारा मा आगलागी हुँदा एक लाख बराबरको क्षती भएको छ ।
जिल्ला को कलैया उपमहानगरपालिका वडा नम्बर ३ भवानीपुर मा आइतबार बिहान ८ बजे रमेश प्रसाद यादव को गोठ घरमा मछड धपाउन बालेको आगोबाट अचानक आगलागी भएको थियो ।
आगलागी मा परी गोठको आधा भाग जलेको र भौंसीको शरिर पोलेको ,पाडी पनि आधा भाग जलेको थियो । आगलागी मा परी एक लाख को क्षती भएको जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्र ले बताउनु भयो ।उक्त आगलागी मा परी मानवीय क्षेती नभएको प्रब्क्ता मिश्र को भनाइ छ ।