कलैया – मधेस प्रदेशबाट मुख्यमन्त्री शतिस सिंहले सदनबाट विश्वासको मत पाप्त गर्नुभएको छ । प्रदेश सभाबाट मुख्यमन्त्री सिंहले ६७ जना सांसदको विश्वासको मत प्राप्त गर्नुभएको हो ।
प्रदेश सभामा रहेको १०७ सांसदहरूमध्ये ६७ जना सांसदहरूको उनको पक्षमा मतदान गरेको सभामुख रामचन्द्र मण्डलले बताउनुभयो ।
यसै गरी ३४ जना सांसदले भने उनको विपक्षमा मतदान गरेको प्रदेश सभामुखको कार्यालयले जानकारी दिएको छ । माओवादी र एकीकृत समाजवादीको समर्थनमा बनेको सिंह नेतृत्वको सरकारले भने विश्वासको मतको विपक्षमा मतदान गरेका छन् भने कांग्रेस, एमाले, जनमत, लोसपाले पक्षमा मतदान गरेको छ ।
योसँगै जसपा नेपालले पनि सरकारको विपक्षमा मतदान गरेको थियो । गत जेठ २५ गते प्रदेश प्रमुखको कार्यालयबाट मुख्यमन्त्रीमा जनमतको तर्फबाट सिंह नियुक्त हुनुभएको थियो ।







