कलैया – पर्साको वीरगंज महानगरपालिका – ८ मा रहेको वीरगंजको धरोहर एवम एतिहासिक गहावामाको भव्यताकाका साथ आज रथयात्रा निकालिदै छ । रथयात्रा आयोजक समितिका श्याम पोखरेलका अनुसार मन्दिरको १२ औँ बार्षिक उपलक्ष्यमा भव्यताका साथ आज आईतबार गहवामाईको डोलीसहित रथयात्रा निकाल्न लागिएको हो ।

रथयात्रामा निकाल्न लागिएको डोली ४५ लाखको लागतमा २६ किलोग्राम चाँदीबाट बिशेष बनाईएको छ । आज वीरगंज महानगर क्षेत्रभित्र माछामासु , मदिरा बिक्रि वितरणमा रोक लगाईएको छ भने वीरगंज महानगरका सम्पूर्ण शैक्षिक संस्थामा विदा लिएको छ ।

बीरगंजका मेयर राजेशमान सिंहले माताको रथयात्रामा सहभागी भए सफल बनाउन सबैलाई आग्रह गर्नुभएको छ । अहिले वीरगंजको सुरक्षा व्यवस्था अत्यन्त काडा पारिएको छ ।
-प्रियंका दास , कलैया – बारा

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर