कलैया-पर्साको वीरगंज महानगरपालिका स्थति वीरगंजको धरोहर एवम एतिहासिक गहवामाईको दोस्रो रथ यात्रा भब्याताका साथ आज आईतबार सम्पन्न भएको छ । गहवामाईको नवनिर्मित मन्दिरको १२ औँ बार्षिक उत्सवको उपलक्ष्यमा निकालिएको डोलीसहितको दोस्रो रथ यात्रा भव्यताका साथ सम्पन्न भएको हो ।

करिब ४५ लाखको लागतमा २६ किलो चाँदीबाट निर्माण गरिएको डोलीमा गहवामाईको प्रतिमा राखेर मन्दिर परिसरबाट निकालिएको रथ यात्रा घण्टाघर चोक , रेल्वे रोड , अमर चोक , ईदगाह चोक , छपकैया , विर्ता , आदर्शनगर हुदै पून मन्दिर परिसरमा आएर समपन्न भएको थियो ।

रथ यात्रा आयोजक समितिका अनुसार विभिन्न झाँकी , पञ्चेबाजा र भगवाधारी झण्डासहित निकालिएको रथ यात्रामा पर्सा, बारा, रौतहट गरी ३ जिल्लाका हजारौं भत्तक्तजनहरुको सहभागीता रहेको थियो ।

आजै साँझ ६ बजेदेखि मन्दिर प्रांगणमा भजनकिर्तनसहितको धार्मिक कार्यक्रमको आयोजना गरिएको र भोलि सोमबार प्रसाद वितरण हुने रथ यात्रा आयोजक समितिका अध्यक्ष श्याम पोखरेलले जनाउनुभयो ।

रथ यात्रा र पूजा प्रतिष्ठालाई सभ्य र मर्यादित बनाउन वीरगंज महानगर क्षेत्रभित्र आज र भोलि माछामासु , मदिरा बिक्रि वितरण गर्न रोक लगाईएको छ भने आज वीरगंजका सबै विधालयमा विदा समेत थियो ।

-प्रियंका दास , कलैया – बारा 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर