नेपाली कांग्रेसले योगदान, योग्यता, समावेशिता र प्रादेशिक सन्तुलनलाई मुख्य आधार बनाएर सरकारमा सहभागी हुने मन्त्रीको चयन गर्ने भएको छ । हिजो पार्टी मुख्यालय सानेपा ललितपुरमा बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णयसहित मन्त्री चयनका लागि योगदान र योग्यतामा आधारित मापदण्ड तय गरेको हो ।

यसमा प्रादेशिक सन्तुलन र समावेशिताको आधार पनि हेरे सरकारमा जाने मन्त्रीको छनोट गर्ने बैठकले निर्णय गरेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । यस्तै त्रिशूली नदीमा दुई वटा बस खस्दा हराएकाको खोजीलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आग्रहसमेत गरेको छ । कांग्रेसले सडक दुर्घटनाको अवस्था अन्त्य गर्न पर्याप्त अध्ययन गरी आवश्यक कानूनी व्यवस्थाका लागि पहल गर्ने जनाएको छ ।

 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार