मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको पद संकट परेको छ । मन्त्रालय बाँडफाँडमा जनमत पार्टी नेतृत्वको मुख्यमन्त्री सिंहले लचकता नदेखाएपछी कांग्रेस आफ्ना समर्थन फिर्ता लिने दिएको चेतावनी पछी उहाँको पद संकटमा परेको हो ।
बिश्वासको मत लिने बेलामा मुख्यमन्त्री सिंहले माओबादीले छाडेको मन्त्रालय कांग्रेसलाई र एकीकृत समाजबादीले छोडेको मन्त्रालय लोसपालाई दिने सहमति गर्नुभएको थियो ।
माओबादीले छोडेको अर्थसहित ४ मन्त्रालय छ तर मुख्यमन्त्री सिंहले अर्थ मन्त्रालय आफुसंगै राख्ने अडान लिएपछि कांग्रेसले बिकल्पमा जान लागेको छ । कांग्रेस मधेश प्रदेशका प्रमुख सचेतक कुमारकान्त झाले अब दिएको बिश्वासको मत फिर्ता लिने समय आएको बताउनुभएको छ । भोलि शुक्रबार बस्ने काँग्रेसम मधेश प्रदेशको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गर्ने प्रमुख सचेतक झाको दावी छ ।
आफ्ना सहमतिमा जनमत पार्टी अडिग नभएको आरोप लगाउदै प्रमुख सचेतक झाले आफ्ना बिश्वासको मत फिर्ता लिएर अब नयाँ सरकार गठनको प्रक्रियामा जाने बताउनुभयो ।
एक साता अगाडी कांग्रेसले जनमत पार्टी नेतृत्वको मुख्यमन्त्री सिंहलाई विश्वास दिएर जनार्दन सिंह क्षेत्रीको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको थियो । सरकारमा पठाउने सांसदहरु नाम समेत टुंगो लागि सेकेको अवस्थामा जनमतले सहमति अनुसार मन्त्रालय नदिदा अहिलेसम्म कांग्रेस सरकारमा सहभगी छैन ।







