महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले भारत काश्मीरको श्रीनगरमा पाँच महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरलाई उद्धार गरी नेपाल फर्काएर ल्याइएको छ ।

रोजगारीको प्रलोभनमा बेचबिखन गरी काश्मीरको श्रीनगरमा ५ महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरहरूलाई सो मन्त्रालयको टोलीले उद्धार गरी नेपाल फर्काएको हाे ।

मजदुरहरुको उद्धारबारे प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फेसबुकमार्फत जानकारी दिनुभएको छ । त्यसमा सिराहाका २१ जना र धनुषाका ७ जना मजदुर रहेका छन् । उनीहरूलाई आजै जिल्ला मानव बेचबिखन नियन्त्रण समितिको जिम्मा लगाइएको छ ।

मानव बेचबिखन नियन्त्रण समितिले आजै सबैलाई घर–घर पठाउने छ । उद्धारका लागि मन्त्रालयका सचिव दिनेश भट्टराई नेतृत्वको टोली सक्रिय थियो । प्रधानमन्त्री अ‍ोलीले उद्धार कार्यलाई सफल बनाएकोमा मन्त्रालयका सचिव दिनेश भट्टराई सहितको टोलीलाई धन्यवाद दिनुभएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर