पछिल्लो समय रौतहटमा एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या बढ्दै गएको पाइएको छ । गत आर्थिक वर्षमा जिल्लाको १८ स्थानीय तहमा कुल सङ्क्रमितको सङ्ख्या ४७४ पुगेको हो ।
त्यस अघिको आर्थिक वर्ष २०७९–०८० मा एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या मात्र ३३२ रहेको थियो ।
एक वर्षको अवधिमा जिल्लाभरिमा १४२ जना एचआइभी एड्स सङ्क्रमित बढेको सङ्क्रमितहरूको रोकथाम तथा सचेतना सम्बन्धी काम गदै आएको सप्तरंगी नेपाल चन्द्रनिगाहपुरकी संयोजक जिना राना मगरले बताउनुभयो ।
२०७१ साल यता जिल्लामा एचआइभी एड्स रोगको कारण ४२ जनाको मृत्यु भएको प्रादेशिक अस्पताल गौरका एचआइभी एड्स शाखाका प्रमुख शेष असरफ अलीले जानकारी दिनुभयो ।
एचआइभी एड्स सङ्क्रमितको उपचार सहज भएकाले रोग लागेको शंका लागेमा समयमै उपचार गर्न अस्पतालमा आउन सकेमा अनाहक मृत्युबाट जोगिनसक्ने डाक्टर ठाकुरले जानकारी दिनुभयो ।
जिल्लाको दक्षिणीभेग भारतीय सीमासँग जोडिएको राजपुर, ईशनाथ नगरपालिकाका अधिकांश युवाहरू रोजगारीको लागि भारतको कलकता, मुम्बई, दिल्ली लगायतका सहरहरूमा जाने गरेको र उक्त भारतीय सहरहरूमा खुल्ला वेश्यावृत्ति हुने गरेको कारण एचआईभी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको जानकारहरूको ठम्याई रहेको छ।
हेर्नुहोस कुन पालिकामा कति संक्रमित छन
१ राजपुरमा ६३ जना सङ्क्रमित
२.इशनाथ नगरपालिकामा ५२ जना सङ्क्रमित
३.चन्द्रपुर नगरपालिकामा ३७ जना सङ्क्रमित
४.गौर नगरपालिकामा ३५ जना सङ्क्रमित
५.गुजरामा २० जना सङ्क्रमित
६.फतुवा विजयपुरमा १० जना सङ्क्रमित
७.कटहरियामा २० जना सङ्क्रमित
८.बृन्दावनमा १० जना सङ्क्रमित
९.गढीमाईमा ११ जना सङ्क्रमित
१०.माधव नारायण नगरपालिकामा १२ जना सङ्क्रमित
११.गरुडामा १९ जना सङ्क्रमित
१२.देवाही गोनाहिमा २० जना सङ्क्रमित
१३.मौलापुरमा १५ जना सङ्क्रमित
१४.बौधीमाइमा २० जना सङ्क्रमित
१५.परोहामा २५ जना सङ्क्रमित
१६.राजदेबी नगरपालिकामा २५ जना सङ्क्रमित
१७.यमुनामाइमा २१ जना सङ्क्रमित
१८.दुर्गाभगवती गाउँपालिकामा २०
अन्य ३४ जना गरी रौतहटमा ४ सय ७४ जना सङ्क्रमित रहेको तथ्याङ्कमा उल्लेख गरेको छ ।







