सिर्सिया नदि प्रदुषित गर्ने उद्योगहरुमा वीरगन्ज महानगरपालिकाले आजपनि कचरासहितको फोहोर लगेर फ्याकेको छ । वीरगन्ज महानगरपालिकाका नगर प्रहरीसहित कर्मचारीको टोलीले सोमबार वीरगन्ज–२१ परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग प्रालि र श्रीसिद्धि टेक्सटाइल्स प्रालिमा २० ट्याक्टर फोहोर लगेर उद्योगभित्रको परिसरमा फ्याकेको हो । यसअघि आइतबारपनि महानगरको टोललीले ती दुवै उद्योगसंगै मोरियम लेदर इण्डस्ट्रिजमा कचरासहितको फोहोर लगेर फ्याकेका थियो ।

नदीमा प्रदुषण नगर्न पटक पटक चेतावनी दिनुका साथै आर्थिक जरिबाना गर्दापनि नटेरेपछि वीरगँज महानगरपालिकाले नदी प्रदुषित गर्ने उद्योगहरुमा सहरबाट संकलन गरिएका कचरासहितको फोहोर ट्याक्टरमा लगेर उद्योगमा खसालेर थुपार्न थालेको हो । सोमबार दुई उद्योगमा १०/१० ट्याक्टर फोहोर लगेर थुपारिदिएको महानगरले जनाएको छ ।

आाइतबार फोहोर लगेर थुपारिएका तीन उद्योगमध्ये मोरियम लेदर इण्डस्ट्रिजकाा सञ्चालकले नदीमा प्रदुषण गर्ने प्रतिबद्धता जनाएको छ । तर बाँकी दुई उद्योगले आइतबार फालिएको फोहोरको तस्बिर खिच्च्न जाँदा एक नगर प्रहरीलाई दुई घण्टा नियन्त्रणमा लिएर राखेका कारण सोमबार फेरि १०/१० ट्याक्टर फोहोर लगेर उद्योगभित्र फ्याकेको महानगरले जनाएको छ ।

वीरगन्जको लाइफलाइनका रुपमा रहेको सिर्सिया नदी विगत तीन दशक बढी समयदेखि पर्सा ण्बारा औद्योगिक कोरिडोरमा रहेकामध्ये २० भन्दा बढी उद्योगहरुले प्रदुषित गर्दै आइरहेका छन् ।कपडा, कार्टुन , छाला,साबुन लगायतका उद्योगहरुले उद्योगको रसायनयुक्त पानी, फोहोरको लेदो ,कोइलाको छाँई, खरानी , सडेगलेका छाला, रौंं लगायतका फोहोर पदार्थ प्रशोधन नगरी सिधै नदीमा मिसाउँदै आएका छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर