मधेश प्रदेशका भुमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रि जनार्दन सिंह क्षेत्रीले सहकारीहरुको बदमासीले बचतकर्तामा निराशा बढेको बताउनुभएको छ । वीरगंजमा उहाँको सम्मानमा जिल्ला बचत ताहा ऋण सहकारी संघ लिमिटेड पर्साले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि सिंहले यस्तो बताउनुभयो ।
गरिब मानिसले आफ्ना छाक कटाएर गरेको बचत सहकारीहरुले हिनामिना गर्दिदा बचतकर्ताहरु मारमा परेका उहाँले बताउदै त्यस्ता सहकारीहरुलाई कारवाही गर्नुपर्नेमा जोड दिनुभएको हो ।
राम्रो गर्नेलाई पुरस्कृत र ठगी गर्नेलाई कारवाही गर्नुपर्ने नीति सरकारले लिनुपर्ने बताउनुभयो ।
भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशका सचिव डा. शरण कुमार पाण्डेले मधेश प्रदेशमा ८२३ वटा सहकारीहरु रहेको तथ्यांकमा देखिए पनि हालसम्म १६५ वटा सहकारी मात्र नियमित रुपमा आफुहरुको सम्पर्कमा रहेको बताउनुभयो ।







