आइतबारका लागि तय भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आइतबार सार्वजनिक बिदा परेकाले सोमबारका लागि सरेको जानकारी दिनुभयो ।

आइतबार काठमाडौँ उपत्यकामा मत्स्येन्द्रनाथको भोटो देखाउने दिन भएकाले बिदा दिएको छ ।

यही साउन २० गते आइतबार दिउँसो १ बजेका लागि तय भएको बैठक साउन २१ गते सोमबार दिउँसो १ बजे बस्नेगरी तय भएको पाण्डेयले जानकारी दिनुभयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर