विश्व प्रसिद्ध गढीमाई मन्दिर क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा विकास गरिने महागढीमाई नगरपालिकाको नगरप्रमुख उपेन्द्र प्रसाद यादव बताउछन । बाहय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गढीमाई मन्दिर क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा विकास गरिने तयारीमा रहेको नगरप्रमुख यादवले बताए ।
गढीमाई क्षेत्र भित्र चिडियाखाना स्थापना गर्न लिगिएको नगरप्रमुख यादवले बताए । वन्यजन्तु उपलब्ध हुने सुनिश्चित भए लगतै वन्यजन्तु ल्याउने सुरू भईसकेको उनले बताए । वन्यजन्तुलाई संरक्षण गर्न भौतिक पूर्वाधारका कार्यहरू समेत अन्तिम अवस्थामा रहेको नगरप्रमुखले बताए ।
आउने असोज महिनामा उदघाटन गर्ने मनसायले चिडियाखानाको भौतिक संरचनाको निर्माण देखि पशुपक्षी र जनावरहरू ल्याउने कार्य तिव्र गतिमा भइ रहेको यादवले बताए । विश्व प्रसिद्ध गढीमाई मन्दिर लगायत यस क्षेत्रमा पर्यटकीय पुर्वाधार निर्माण गर्न उद्देश्यले नगरपालिका कै खर्चमा सम्पूर्ण व्यवस्थापन भएको नगरप्रमुखले बताए ।
चिडियाखाना स्थापना भए देखि आन्तरिक पर्यटक सजिलै भित्रियाउन सकिने उनले बताए । विश्व प्रसिद्ध गढीमाई मन्दिर दर्शन गर्न आउने पर्यटकलाई केही बेर आकर्षण गर्न चिडियाखाना आवश्यक देखिएको उनले जानकारी गराए ।
गढीमाई मन्दिर विकासको लागि प्रदेश र संघले भाषण मै सिमित देखे पछि नगरपालिकाको मातहत रहेको मन्दिरको संरक्षणको लागि आफु अगाडी सरेको नगरप्रमुख यादव बताउछन् ।
आउदो मंसिर महिनामा लाग्ने पञ्चवर्षीय गढीमाई मेलाको लागि मन्दिरलाई झालर बति, रङ्गरोगन गरि दुलही झै सिङंगारिएको उनले बताए । मन्दिर क्षेत्र भित्र पार्किङ्ग, दर्शननार्थीको जुता चप्पल राख्न व्यवस्थित गरिएको उनले बताए । ठाउ ठाउमा खानेपानीको धारा जडान गरिएको समेत बताए ।
मन्दिरको वतावरण स्वच्छ हराभरा राख्नको लागि चारैतिर बोटविरूवा, फुलहरु रोपिएको छ । मन्दिर दर्शन गर्न आउने दर्शनार्थीहरुको लागि सेल्फी लिन गढीमाई मन्दिर को साईनिङ्ग बोर्ड राखिएको नगरप्रमुखले बताए ।
महागढिमाई नगरपालिका र वन तथा वातावरण मन्त्रालयको समन्वयमा वन्यजन्तु उपलब्ध भईरहेको नगरप्रमुख यादवले बताए । चिडियाखानामा राख्नको लागि चितल, मिर्ग, जरायो २० थान, नीलगाई, घोडगधा ४ थान, खरायो २० थान, दुम्सी ४ थान, बंदेल २ थान, सर्प प्रजाती ४ थान, मगर गोही २ थान, कछुवा ४ थान, भ्यागुता पाहा १० थान, हाती ४ थान, मयुर ४ थान, कालिज २० थान, लुईचे वन कुखुरा १० थान, बट्टाई ५०, थान तित्रा २० थान, ढुकुर १०, थान, मैना ४ थान, सुगा ४ थान राखिने उनले बताए ।
देश विदेशबाट दैनिक लाखौको संख्यामा भक्तजनहरू गढीमाई दर्शन गर्न आउने गरेको यादवले बताए । एक महिना सम्म मेला लाग्ने गरेको नगरप्रमुख यादवले जानकारी गराएका छन् । – आजको राजधानी दैनिक पत्रिकाबाट







