जनमत पार्टी नेतृत्वको मधेश प्रदेश सरकारमा मन्त्रीको सङ्ख्य २० पुगेपछि मुख्मंत्री सतिश कुमार सिंहसंगै सत्ता सहयात्री नेपाली कांग्रेस , एमाले र लोसपाको चर्को आलोचना भईरहेको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद बिस्तार गर्दै नेपाली कांग्रेसबाट दुई जना , नेकपा एमाले , जनमत पार्टी र लोसपाबाट एक/एक जनालाई राज्यमन्त्री बनाएपछि आलोचना भईरहेको हो ।

एमालेका मोहम्मद जैद आलमलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री, लोसपाका रामबाबु यादवलाई शिक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतका शम्भूकुमार साहलाई उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्रीमा पद तथा गोपनियताको शपथ लिनुभएको छ भने कांग्रेसकोबाट रेखा ठाकुर भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र निलमकुमारी रजकलाई उर्जा, सिँचाई तथा खानेपानी राज्यमन्त्रीको शपथ लिनुभएको हो ।

मधेशमा ५ राज्यमन्त्री थपिएपछि २० सदस्यीय मन्त्रिपरिषद् बनेको छ । यसअघि मुख्यमन्त्रीसहित १२ मन्त्री र ३ राज्यमन्त्री मात्रै थिए ।

८ वटा जिल्ला र ३२ वटा निर्वाचन क्षेत्र रहेको मधेशमा २० जना मन्त्रि भएपछी मधेशको नेतृत्व गरिरहेका पार्टीहरुको चर्को रुपमा आलोचन हुनथालेको छ ।

देश आर्थिक संकटकाबीच पनि मधेशमा मन्त्रि हुनेको हानथाप नै चलेपछि सामाजिक सञ्चाल प्रयोगकर्ताले २० जना मन्त्रि भईसके बाकि १२ वटा अझै थपेर सबै निर्वाचन क्षेत्रमा मन्त्रि बनाउन टिप्पणी गरेका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर