कलैया । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको छ । संविधानको धारा ७६ (५) अनुसार राष्ट्रपति भण्डारीले देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको हो ।देउवा को शपथको समय भने निश्चित नभए पनि राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकाल का अनुसार सकेसम्म आजै बेलुकासम्ममा शपथ गराउने तयारी छ ।







