ठगी मुद्दामा जिल्ल प्रहरी कार्यालय पर्साले एक जना चिकित्सकलाई पक्राउ गरेको छ ।
बहुअरीस्थित एलएस न्यूरो अस्पतालमा कार्यरत मेडिकल अधिकृत अमिर हुसेन अन्सारीलाई प्रहरीले बुधवार अस्पताल परिसारबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिनुभयो।
उनकाअनुसार ठगी सम्बन्धी मुद्दा दर्ता भएको हुँदा अनुसन्धानको लागि अन्सारीलाई पक्राउ गरिएको हो ।
अन्सारीलाई प्रहरी हिरासतमै राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भारतीले बताउनुभयो ।







