पर्साकी एक किशोरीको मेनेन्जाईटिस ( दिमागी ज्वरो) का कारण मृत्यु भएको खबर बाहिरिएको छ ।
मृत्यु हुनेमा पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर २ सेढवा निवासी धर्मराज रामकी १५ बर्षीय छोरी प्रियंका कुमारी रहेकी छन ।
मृतक किशोरीका बुवा धर्मराजका नुसार उनि करिव दुई सातादेखि बिरामी रहेकी थिईन । उनको गाउँकै स्वास्थ्य चौकी र क्लिनिकमा उपचार गरिएको थियो । तर उनि दुई हप्तासम्म निको नभएकोले भदौ ३ गते सोमाबर वीरगंजको नारायणी अस्पतालमा उनाका बुवा धर्मराजले भर्ना गर्नुभएको थियो ।
उपचारकै क्रममा भदौ १० गते अर्थात हिजो सोमाबर दिउसो ४ बजे तिर उनको मृत्यु भएको नारायणी अस्पतालका फिजिसियन डाक्टर उदयनारायण सिंहलले बताउनुभयो ।
मृतक किशोरीको शव आफन्तले बुझ्ने बेलामा उनि डेंगी संक्रमणका कारण मरेकी भन्नेर हल्ला गरिएको थियो तर पछी डा. सिंहले उनको मृत्यु मेनेन्जाईटिसका कारण भएको पुष्टि गर्नुभयो ।
डाक्टर सिंहले मृतक किशोरीलाई पूरानो स्क्रबटाईफस र मेनेन्जाईटिस देखिएको बताउनुभाको हो । उनको हिन्दु रिति रिवाज अनुसार आज मगलबार अन्तिम संस्कार गरिएको छ ।







