जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो स्वरमा डिजे तथा अतिशवाजी नगर्न अनुरोध गरेको छ । प्रहरीले आज एक विज्ञप्ति जारी गर्दै जिल्लामा ठूलो स्वरमा डिजे तथा आतिशवाजी नगर्न अनुरोध गरेको हो ।

जिल्ला सुरक्षा समितिको बैठकले ठूलो स्वरमा डिजे बजाउदा मानव स्वास्थ्यमा असर पार्ने भएको भन्दै अबको मितिदेखि नबजाउन आग्रह गरेको हो ।

प्रहरीले विभिन्न राजनैतिक, धार्मिक–सास्कृतिक, चाडपर्व, ¥याली, जुलुस, सम्मेलन, बैठक जस्ता कार्यक्रममा पनि ठूलो स्वरमा डिजे, स्पीकर नबजाउन सूचना जारी गरेको छ ।

अब यो सूचनाको बर्खिलाप कसैले डिजे बजाएमा त्यसलाई कानुन बमोजिम कारबाही हुने प्रहरीले विज्ञप्तिमा भनेको छ । २१ भदौंमा बसेको सुरक्षा समितिको बैठकले डिजे बजाउनमा प्रतिबन्द लगाएको हो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर