मधेश प्रदेशकै स्वास्थ्योपचारको केन्द्रबिन्दु रहेको पर्सास्थित वीरगंजको नारायणी अस्पतालमा ५ महिनापछी पून एमआरआई सेवा आज आईतबारबाट सुरु भएको अस्पताल प्रसाशनले जनाएको छ ।

अस्पताल प्रसाशन र आपूर्तिकर्ता लुम्विनी हेल्थ केयर प्रालिबीच भुक्तानीको बिषयमा विवाद हुदा सञ्चालन भएको ५ महिना नपुग्दै एमआरआई सेवा ठप्प भएको थियो । अस्पताल प्रसाशनका अनुसार २० प्रतिशत रकम भुक्तानी गर्न बाकि हुदा आपूर्तिकर्ता लुम्विनी हेल्थ केयरले सफ्टवेयर अद्यावधिक नगर्दिदा सेवा ठप्प थियो ।

भुक्तानीको समस्या समाधान भएपछी दुईदिन अघि अपुर्तिकर्ताले सफ्टवेयर अद्यावधिक गर्दिएकोले एमआरआई सेवा सुरु भएको अस्पतालक निमित्त मेडिकल मेडिकल सुपरिटेण्डट डा.एनामुल हकले जनाउनुभयो ।
थ्री टेस्ला कम्पनिको एमआरआई मेसिन संघ सरकारको टेन्डर आह्वानमा लुम्विनी हेल्थ केयर प्रालिले चिनबाट ३० करोडको लागतममा खरिद गरि नारायणी अस्पतालमा ल्याएका थिए ।

खरिद गरि ल्याईएको बिद्युत आपूर्तिको समस्या केहि महिना सुचारु नै भएन भने त्यसपछि केहि महिना चल्यो पछी फेरी हिलियम ग्यासको अभावमा सेवा बन्द भयो । ग्यासको समस्या समाधान भएपछी आपोर्तिकर्ताको बाकि भुक्तानीको बिबादका कारण सेवा ठप्प भयो । यसै पटक पटक सेवा प्रभाती हुदै आएको छ ।

सेवा बन्द भएको बेला सर्वसाधारण विरामी बढी मर्कामा पर्ने गरेका हुन्छन । नारायणी अस्पतालमा रु ८ हजारमा हुने एमआरआई निजि अस्पतालमा उनीहरु रु . १२ देखि १५ हजारसम्म तिरेर गराउन बाध्य हुन्छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर