प्रहरीले वीरगंजबाट लागुऔषध चरेशसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत अगरा उत्तर प्रदेश कुडोल फतेहावाद बस्ने ४२ वर्षिय गोपाल गिरी रहेका छन् ।

वीरगञ्ज महानगरपालिका-२ डम्पिङ साइडतर्फ लागुऔषध खरिद विक्री कारोबार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गिरिलाई २ किलो ९६० ग्राम लागुऔषध चरेशसहित पक्राउ गरेको हो ।
गिरीले बोकेको प्लास्टिकको झोलालाई खानतलासी गर्दा लुकाईछिपाई राखिएको चरेश २ किलो ९६० ग्राम फेला परेपछि उनलाई पक्राउ गरेको पर्साका प्रहरी नायव उपरीक्षक दिपक भारतीले जनाउनुभयो ।

गिरीविरूद्ध लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको डिएसपी भारतीले बताउनुभयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर