कलैया । बारा जिल्लाको विभिन्न स्थानमा बिहीवार सवारी दुर्घटना हुदाँ दुई जना सामान्य घाइते भएका छन् । जितपुरसिमरा उममहानगरपालिका वडा न. २२ मा पर्ने पुर्ब पश्चिम लोकमार्ग सडक खण्डको ३ न.पुलमा दुर्घटना भएको हो ।
हेटौडाबाट पथलैया तर्फ आउदै गरेको ना.३० प. ४६५५ न.को मोटसाइकलले ओभर टेक गर्ने क्रममा सोही दिशाबाट आउदै गरेको ना.४च ६९५९ न.को बोलेरोमा ठक्कर खादा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका वडा न. ५ बस्ने ४० वर्षका वकिल मिया मंसुर र पछाडी सवार सेही ठाउँका ३५ वर्षका सबिना मंसुर सामान्य घाइते भएका हुन् । उनीहरुलाई उपचारको लागि सिमरा स्थित अल्पईन अस्पतालमा लागिएको इलाका प्रहरी कार्यलय अमलेखगन्जले जानकारी दिएको छ ।
त्यसैगरी बिहीवार साझ पुर्ब पश्चिम लोकमार्ग सडक खण्डको ४ न.पुलमा ट्रक आफै अनियन्त्रि भई दुर्घटना भएको छ । हेटौडाबाट पथलैया तर्फ आउदै गरेको ना.५ख ८४२३ न. को ट्रक आफै अनियन्त्रि भई बाटोको साईडमा रहेको नालामा कोल्टो भई पल्टिएको थियो ।