बाराको प्रसौनी गाउँपालिकाले पालिकामा रहेका सामुदायिक तथा निजि विद्यालयका विद्यार्थीहरुलाई सम्मानसहित पुरस्कार वितरण गरेको छ ।

राष्ट्रिय शिक्षा दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा सामुदायिक र निजि विद्यालयमा अध्यनरत कक्षा १ देखि १२ सम्मका प्रथम , द्वितीय , तृतीय विद्यार्थी र एस.ईईमा उत्कृष्ट नजिता ल्याउने ५ जना छात्र , छात्रालाई प्रमाणपत्र , पुरस्कारसहित सम्मान गरिएको हो ।

उनीहरुलाई ५ हजारदेखि २५ हजारसम्म नगद , ल्यापटप , साईकल पुरस्कार दिनुको साथै प्रमाणपत्र समेत प्रदान गरिएको पालिका अध्यक्ष विनोद प्रसाद जैसवालले जानकारी दिनुभयो ।

पालिका अध्यक्ष जैसवालको अध्यक्षता र मधेश प्रदेशका खेलकुद मन्त्रि प्रमोद जैसवालको प्रमुख आथित्यतामा आयोजित कार्यक्रममा वडाध्यक्षहरु , विद्यालयका शिक्षक , विद्यार्थी , अभिभावक लगायतको उपस्तिथी रहेको उपाध्यक्ष किरण देवीले बताउनुभयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर