प्रधानमन्त्री केपी शर्मा ओलीले नीति र राजनीति दुवैमा स्थायित्व चाहिएको जिकिर गर्नुभएको छ । त्यसो भएमात्र देश विकास हुने र जनअपेक्षा पूरा हुने उहाँको भनाइ छ ।

संविधान दिवसको अवसरमा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा स्थायित्व भनेको स्थिरता र नीतिमा स्थायित्व भनेको निरन्तरता रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले अब हामीले लड्नुपर्ने लडाइँ भनेकै वर्तमान संविधानबाट प्राप्त अधिकारको रक्षा र कार्यान्वयनको लडाइँ भएको बताउनभयो ।

संविधानले सुनिश्चित गरेका कतिपय कुरा अनुदित नभएको भन्दै उहाँले संविधानलाई समानुकूल बनाउनुपर्नेमा जोडदिनुभयो । उहाँले राजनीतिक तहमा देखिएको अस्थिरिताको सम्बोधन केही हदसम्म संविधान संशोधनको माध्यमबाट पनि गर्न सकिने बताउनुभयो।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर