ब्रिजेश गिरी,कलैया । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको आयोजनामा बाराका स्थानीय तह र सरोकारवाला निकाय संग नीति तथा कार्यक्रम कार्यान्वयनको लागि समन्वय बैठक सम्पन्न भएको छ ।

बिहीवार एक कार्यक्रमका बीच कृषि ज्ञान केन्द«को सभाहलमा सम्पन्न भएको हो । बैठकले डेरी जोन र केरा जोने कार्यक्रमको लागि स्थानीय तह छनोट गरेको छ । डेरी जोनको लागि कलैया उपमहानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका ,कोल्हवी नगरपालिका र निजगढ नगरपालिका छनोट भएका छन् ।

त्यसैगरी केरा जोनको लागि निजगढ नगरपालिका मात्र छनोट भएको हो । त्यस्तै बिहीवार बसेको समन्वय बैठकले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाईको डेरी जोनको कार्यालय सदरमुकाम कलैयमा र केरा जोनको निजगढमा स्थापना गर्ने निर्णय गरेको छ ।

कृषि ज्ञान केन्द« बाराका विज्ञ डा. सुरेन्द« यादवले कलैयालाई डेरी जोनमा छनोट गर्नाले कृषकको उत्पादन लागत घट्ने, बजारीकरणमा सहयोग पुग्ने र कृषकलाई फाइदा हुने बताउनु भयो । उत्पादनको दृष्टीकोणले कलैया र छनोट भएका स्थानीय तह अग्रस्थानमा रहेको हुनाले छनोट गरिएको जानकारी दिनु भयो ।

उक्त बैठकमा जिल्ला समन्वय समिति बाराका सभापति नवल किशोर सिंह, बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव सहित १६ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरु तथा कृषि ज्ञान केन्द्र बाराका कर्मचारीहरुको उपस्थिति रहेकोे थियो ।

नेपालमा उत्पादित दुध तथा दुग्धपदार्थ पर्याप्त नभएकाले भारत तथा युरोपपियन मुलकबाट दैनिक रुपमा ३० मेट्रिक टन आयात हुने गरेको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर