वीरगंज – पर्साको पोखरिया नगरपालिका भित्र रहेको सम्पूर्ण सामुदायिक , निजि तथा धार्मिक विद्यालयमा भोलि मंगलबारदेखि शुक्रबार अर्थात ११ गतेसम्म विहानी कक्षा सञ्चालन हुने भएको छ ।
पोखरिया नगरपालिकाको वडा नम्बर ४ मा रहेको जिल्ला उचान्गल रामदेव कलवार माध्यमिक विद्यालयमा पढ्ने ८ जना विद्यार्थी गर्मीका कारण कक्षाकोठामा बेहोसएर ढल्न थालेपछी नगरपालिकाले यो निर्णय लिएको हो ।
आज दिउसो अत्याधिक गर्मीका कारण कक्षा ७ मा अध्ययन सोनु ठाकुर र लालसा कुमारी यादव ,कक्षा ९ मा अध्यनरत नेहाकुमारी मुनिता कुमारी अन्तिमा कुमारी राम ,चन्दा कुमारी ठाकुर ,निसमा कुशवाहा , साजदा खातुन बेहोस भई ढलेका थिए । उनीहरुको जिल्ला अस्पताल पोखरियामा उपचार भईरहेको छ । उपचार भईरहेका सबै विद्यार्थीहरुका स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल प्रसाशनले जानेको हो ।
यसै घटनालाई मध्यनजर गर्दै पोखरिया नगरपालिकाले एउटा सुचना जारि गरी भोलिदेखि शुक्रबारसम्म विहानी कक्षा चलाउन सबै विद्यालयलाई निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तवले जानाकरी दिनुभयो । गर्मीका कारण बालबालिकाको जीवनमा प्रतिकुल असर परेकोले यस्तो निर्णय लिएको उहाले बताउनुभयो । लगतार केहिदिनदेखि गर्मी बढ्दा मध्यतराईका जनजीवन कष्टकर बनेको छ ।