गत २४ घण्टादेखि परिरहेको अविरल बर्षाका कारण बाराको पसाह खोलाको जलसतह सतर्कता तह पार गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार महेशपुर जलमापन केन्द्रले आज शुक्रबार दिउसो ४:२० मिनेटमा गरेको मापनबाट पुष्टि भएको हो ।
पसाह खोलाले सतर्कता तह पार गरेको हुदा नदी तटीय क्षेत्र र आसपासमा डुबान भईरहने तथा होचो भूभागमा बसोबास गर्नेले सतर्क रहन महाशाखाको आग्रह छ ।







