मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले लगातारको परेको पानीले प्रदेशमा क्षति पुर्याउन सक्ने भएकोले त्यसको सामनाका लागि तयार रहन सुरक्षा निकायलाई आग्रह गर्नुभएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई मुख्यमन्त्री सिंहले शनिवार फोन गरेर सो आग्रह गर्नभएको हो ।
शनिवार पूर्वपश्चिम राजमार्गस्थित बागमती लगायत विभिन्न नदीको अवलोकनपछि नेपाल प्रहरीका मधेस प्रदेश प्रमुख लालमणि आचार्य र सशस्त्र प्रहरी बलको नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयका प्रमुख कालीदास धवोजीलाई उद्धारका लागि तयार रहन आग्रह गर्नुभएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।







