कलैया । प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटारस्थित सरकारी निवासमा सर्नु भएको छ । प्रधानमन्त्री देउवा १० बजे बालुवाटर सर्नु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उहाँ प्रधानमन्त्री नियुक्त भए पछि पनि बुढानीलकण्ठस्थित आफ्नै निजी निवासमा रहँदै आउनु भएको थियो ।







