भौगर्भिक, भौगोलिक, जैविक, जल तथा मौसम र वातावरणीय अवस्थाका कारणले यहाँ हरेक वर्ष धनजनको क्षति हुने गरेको छ । भर्खरै आएको बाढी पहिरोले पनि ठूलो क्षतीसँगै धेरै मासिहरुको ज्यान समेत लिएको छ । अत्यधिक मात्रामा धनजन क्षती गर्ने यी प्राकृतिक प्रकोपले मानिसको स्वास्थ्यमा समेत प्रभाव पार्ने गर्छ।प्राकृतिक प्रकोपसँगै आउन सक्ने महामारीले अर्को खतरा पैदा गर्छ ।
बाढी पहिरो आएको बेला धारा तथा कलको पानी सफा हुदैन्, यदी त्यसमा दिसा तथा ढल मिसिएको छ भने धेरै रोगहरु लाग्न सक्ने सम्भावना हुन्छ । जुन मानिसको शरिरमा सजिलै संक्रमण भई महामारीको रुप लिन्छ र रोग फैलदै कलेजोलाई नोक्सान गर्छ ।
विश्व स्वास्थ्य संगठनद्वारा गरिएको एक अध्ययनले बाढीको प्रकोप पछि पानी र खाना मार्फत सर्ने संक्रामक रोगहरूको उच्च जोखिम हुने औंल्याएको छ । यस्तो समयमा पिउने पानीको स्रोतलाई बाढी र डुबानले दूषित बनाएका स्थानहरूमा शुद्ध पानी र पौष्टिक खानाको अभाव खड्किने गर्छ ।
प्राकृतिक प्रकोपले निम्त्याउने रोग धेरै हुन्छन् । तर विशेष गरी वान्ता र झाडाले उग्र रुप लिएको देखिन्छ। झाडापखाला तथा वान्ताका कारण डिहाइड्रेशन हुन्छ र पानीको मात्रा अझै बढाउनु पर्छ । तर यस समयमा स्वच्छ र सफा पानी नपाउँदा संक्रमण झनै बल्झीने र अरु रोगहरु पनि लाग्ने गर्छ । यस्तै, संक्रमण बल्झेसँगै हेपाटाइटिस ए र हेपाटाइटिस ई रोग लाग्ने प्रवल सम्भावना हुन्छ ।
दिसाबाट लाग्ने भएकाले यी रोगहरु बाढीपहिरोमा अत्यधिक सर्ने छ । हेपाटाइटिस ए र ई रोग सर्दा मानिसलाई जन्डीस देखिने, वाकवाकी हुने, खान मन नलाग्ने, पेट दुख्ने जस्ता लक्षणहरु देखा पर्छन् । त्यसैले यो वाढी पहिरोको बेलामा एकदमै ध्यान दिनु पर्ने कुरा भनेको सफा स्वच्छ पिउने पानी र खाने कुरा हो । यदि पानी उमाल्न नसकेको खण्डमा क्लोरीन राख्ने । यति पनि गर्न सकिएन भने पानीलाई ५,६ घन्टा घाममा राख्ने जस्ले गर्दा पानीमा उत्पन्न भएका सोडिस तथा किटाणुहरु नास हुने गर्छ ।
शरिरमा हेपाटाइटिस ए र ई लागेको थाहा पाउन कम्तिमा पनि २ देखि ३ हप्तासम्म कुर्नु पर्ने हुन्छ । यस्ता महामारी फैलाउन सकने रोगहरु छिट्टै नदेखिनाले विपद्का बेला स्वास्थयमा अझ बढि चनाखो हुन र सावधानी अपनाउनु पर्छ ।