राजनीतिक पूर्वाग्रहका कारण बन्चित भएका बाराको पचरौता नगरपालिका वडा नम्बर ५ बेल्दारिका स्थानियलाई ग्यास चुल्हो प्रदान गरिएको छ ।
पचौरौता नगरपालिकाका प्रमुख जलेन्धर सिंहका अनुसार पूर्व नगर प्रमुखले राजनीतिक पूर्वाग्रह राखी १२ सय ६५ परिवारलाई ग्यास चुल्हो दिएका थिएन्न । तत्कालिन समयमा ५ हजार ६ सय ग्यास चुल्हो वितरण गरिएको तर राजनीतिक पूर्वाग्रहका कारण १२ सय ६५ जनालाई दिईएको थिएन ।
२०७९ को स्थानीय निर्वाचनमा आफु निर्वाचित भएपछी बन्चित १२ सय ६५ परिवारलाई ग्यास चुल्हो प्रदान गर्ने सिंहले प्रतिबद्धता गर्नुभएको थियो । त्यही प्रतिबद्धता अनुसार उहाँले पहिलो चरणमा ८५ परिवारलाई ग्याससहितको चुल्हो वितरण गरिएको गर्नुभएको हो ।
पचरौता नगरपालिकाका कार्यालय आयोजित एक कार्यक्रममा आईतबार नगर प्रमुख सिंहले ८५ परिवारलाई ग्यास चुल्हो प्रदान गर्नुभएको हो र पछी क्रमस : बाकि परिवार समेत वितरण गर्दै जाने बताउनुभयो ।
धुवामुक्त नगर अभियान कार्यक्रम अन्तर्गत ग्यास चुल्हो प्रदान गर्न लागिएको हो ।







