बाराको महागढीमाई नारपालिकास्थित विश्वप्रसिद्ध गढीमाई मन्दिरको प्रांगणमा प्रत्येक साँझ भईरहेको गङ्गा आरतीमा मुस्लिम समुदाय पनि सहभागी भएको पाईएको छ । उनीहरुले प्रत्येक दिन सहभागी हुने परेको पाईएको हो ।

गढीमाई गङ्गा आरतीमा मुस्लिम समुदायको सहभागिताले धार्मिक सद्भावको अनुपन दृश्य देख्न पाईएको छ । दोस्रो वा तेस्रो मुलुकमा हिन्दु मुस्लिमबीच धार्मिक लडाईका कारण तनाव बढिरहेको बेला नेपालमा यस्तो दृश्य पाईएको हो ।

बाराका स्थानीय मुस्लिम नागरिकहरु जालिम अख्तर , नशिम अख्तर , पर्साको वीरगंजका सकिल अन्सारी लगायत मुस्लिम समुदायबाट पनि बिश्व प्रसिद्ध गढीमाई मन्दिरको गङ्गा आर्तिमा सहभागीताले विश्वलाई नयाँ संदेश दिएको छ ।

स्थानीय जालिम अख्तरले आफुलाई राम्रो लागेकोले गङ्गा आरतीमा सहभागी हुन आएको प्रतिक्रिया दिनुभयो । उहाँले सबै समुदायको धर्मलाई मान सम्मान गर्नुपर्ने बताउदै आफु प्रत्येक दिन गङ्गा आरतीमा आउने गरेको भन्नुभयो ।

अर्का स्थानीय मुस्लिम अनिश अख्तरले आफु प्रत्येक ४/५ बर्षदेखि लगतार आउने गरेको बताउदै यहाँ आउदा खुसि र शान्ति महसुस हुने बताउनुभयो ।

गङ्गा आरतीमै बीरगंजबाट सहभागी हुनको लागी गढीमाइ मन्दिरमा पुग्नुभएको सकिल अन्सारीले आफुलाई राम्रो लागेर आएको बताउनुभयो । उहाँले सबै धर्मका समुदायकाबीच धार्मिक सद्भाव हुनुपर्नेमा जोड दिनुभयो ।

स्थानीय सञ्चारमध्यमसंग कुरा गर्दै उहाँले मेला व्यवस्थापन समितिले मिलाएको व्यवस्था र यहाँका स्थानीय जनप्रतिनिधिको सक्रियताले गर्दा यो सफल भएको भन्नुभयो । हामि सबै मुस्लिम समुदाय हिन्दुहरुको बिचमै बसेर आरतीमा सहभागी भएको र हाम्रोबीचमा कुनै किसिम द्वेष नरहेको उहाँले बताउनुभयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर