कलैया ।प्रदेश नम्बर २ सरकारमा मन्त्रीपरिषद विस्तारको तयारी गरिएको छ ।माओवादी केन्द्र सम्मलित गरेर मन्त्रीपरिषद को तयारी गरिएको हो ।

माओवादी केन्द्र संसदीय दलका नेता भरत साहलाई मन्त्रीमा र प्रदेश सभा सदस्य रुबी कर्णलाई राज्यमन्त्री को रूपमा सरकारमा सहभागी हुन लागे पनि कुन मन्त्रालय दिने भन्ने विषयमा केही बताइएको छैन ।

शनिवार दिउँसो ३ बजेको समयमा आन्तरिक मामिला, सञ्चार वा भूमि व्यवस्था मध्ये एक मन्त्रालय लिएर सरकारमा सहभागी हुने निश्चित भएकाे हो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर