भारतको सीमासंग जोडिएको बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ कचोर्वा गाँउबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा पटाका बरामद गरेको छ ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट गोलागन्जबाट सशस्त्र प्रहरी निरीक्षक केशव शर्माको नेतृत्वमा खटिएको टोलीले कचोर्वास्थित अरुवा पुलबाट तीन बोरा पटाका बरामद गरेको हो ।

तस्करहरुले भारतबाट ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी टोलीले विभिन्न प्रकारका गरी करिब ३ लाख रुपैयाँ मूल्य बराबरको पटाका बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक शर्माले बताउनुभयो ।

विशेष सुराकी पाएर खटिएको सशस्त्र प्रहरी टोली अरुवा पुल नजिक पुग्दा तस्करहरु पटाका फालेर फरार भएको उहाँले बताए ।

बरामद पटाका सिम्रौनगढ नगरपालिका–६ का वडाध्यक्ष नन्दकिशोर जयसवाल, सिम्रौनगढ उद्योग वाणिज्य संघका सदस्य राकिकिशोर सिंह लगायतको रोहबरमा खाल्डोमा पुरेर नष्ट गरिएको सशस्त्र प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर