
कलैया । प्रदेश २ सरकार का एक मन्त्री र राज्यमन्त्री ले राजीनामा दिएका छन् । राजिनामा दिनेमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहा रहेका छन् ।
माओवादी केन्द्र सम्मलित गरेर मन्त्रीपरिषद को तयारी गरिए पछी एक मन्त्री र राज्यमन्त्री के राजिनामा दिएको बताइएको छ । मन्त्री यादव र राज्यमन्त्री कुशवाहा दुवै जसपा उपेन्द्र यादव पक्षका नेता हुन् । श्रेतका अनुसार दुबैजनाले मुख्यमन्त्री लालबाबु राउतलाई राजिनामा पत्र बुझाएका छन् ।
माओवादी केन्द्र संसदीय दलका नेता भरत साह मन्त्रीमा र प्रदेश सभा सदस्य रुबी कर्ण राज्यमन्त्री को रूपमा सरकारमा सहभागी हुन लागेका हुन ।
सरकार मा सहभागी हुन लागेका मन्त्री र राज्यमन्त्री को सपथग्रहण आज बेलुका ३ बजे हुने छ ।