विश्व प्रसिद्ध पञ्चवर्षिय गढीमाइ मेलामा शुद्ध पिउने पानि र शौचालयको व्यवस्था गर्न नेपाल सरकारका संघिय खानेपनानी मन्त्रि प्रदीप यादवले मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।
महागढीमाई नगरपालिका वडा नम्बर २ बरियारपुरस्थित गढीमाई मन्दिरमा मंसिरको दोश्रो सातादेखि पञ्चवर्षिय मेला लाग्दैछ ।
शनिबार बिहान बरियापुरस्थित गढीमाई मन्दिरको दर्शनगरेपछि मेलाको लागि भइरहेको तयारी बारे स्थगलत अवलोकन पनि मन्त्री यादवले गर्नुभएको छ ।
अवलोकनपछि मन्दिर परिसरमै आयोजित कार्यक्रममा मन्त्री यादवले गढीमाई मेलामा आउने दर्शनार्थी र भक्तजनहरुको सुविधाका लागि शुद्ध खानेपानी र शौचालयको उचित प्रबन्ध मिलाउन मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनुभयो ।







