११ हजार भोल्टेजको करेन्ट लागेर धनुषामा एक युवकको ज्यान गएको छ । ज्यान जानेमा जिल्लाको हँसपुर नगरपालिका–६ क २२ बर्षीय अरविन्द कुमार मण्डल रहेका छन ।
सोमाबार साँझ जनरेटरमा तार जडान गर्ने क्रममा मण्डललाई करेन्ट लागेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुण बहादुर सिंहले जनाउनुभयो । प्रहरी प्रवक्ता सिंहका अनुसार ११ हजार भोल्टेज भएको बिजुलीको तारमा छुन पुग्दा मण्डलको ज्यान गएको हो ।
मण्डलको ज्यान घट्नास्थलमै गएको थियो ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको समेत प्रहरी नायव उपरीक्षक सिंहले बताउनुभयो ।







