बारामा अबैद्ध चाँदीसहित दुईजना पक्राउ परेका छन ।
पक्राउ पर्नेहरुमा प्रसौनी गाँउपालिका वडा नं.६ प्रस्टोका बस्ने अन्दाजी वर्ष ३३ को सन्तोष साह सोनार र जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.८ गमरगावा टोल बस्ने अन्दाजी वर्ष २७ को सुरेश महतोको रहेका छन् ।
ईलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान चाँदी सहित दुईजनालाई पक्राउ गरेको हो ।
ना ५२ प २५८४ नम्बरको मोटरसाईकलमा गईरहेका सोनारको साथबाट १६ लाख १० हजार ३२५ मूल्य बराबरको अन्दाजी ९ किलो चाँदी बरामद गरेको छ । भने ना ५५ प ३९३२ नम्बरको मोटरसाईकलमा रहेका महतोको साथबाट ८ लाख ९४ हजार ६२५ रुपैंया मूल्य बराबरको अन्दाजी ५ किलो चाँदी बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पथलैयाबाट हेटौंडातर्फ मोटरसाईकलमा गईरहेका उनीहरुलाई शंका लागेर रोकी चेक जाँच गर्दा मोटरसाईकलको ट्याङ्की भित्र फल्स बटम बनाएर लुकाई छिपाई लगी रहेको जम्मा २५ लाख ४ हजार ९ सय ५० रूपैया बराबरको चाँदीका विभिन्न गरगहना सहित नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटोले बताउनुभयो ।







