जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छिन् ।
नागरिक उन्मुक्ति पार्टीकी रुपमती डगौरा थारुले उम्मेदवारी फिर्ता लिएपछि चौधरी निर्विरोध भएकी हुन् ।
समन्वय समिति संयोजक चयन गर्न हुन लागेको उपनिर्वाचनका लागि डगौरा र भुल दुईजनाको उम्मेदवारी परेको थियो ।
नागरिक उन्मुक्तिकी उम्मेदवार डगौराले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत प्रेम भट्टले जानकारी दिए ।







