विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेलामा कुन बलि कहिले दिने मेला व्यवस्थापन समितिले तालिका सार्वजनिक गरेको छ ।

असोज १७ गते घटस्थापनाको दिनदेखि सुरु भएको महागढी माईको मेला मङ्सिर १ गतेदेखि विधिवत रुपले सञ्चालन भईराहेको छ ।

एक महिना लामो लाग्ने मेलामा मङ्सिर २३ गते राँगा बलि दिईने मेला व्यवस्थापन समितिले जनाएको छ भने बाकि बालि परेवा , हाँस , खुकुरा , बोका लगायत अन्य बलि २४ गते दिईन सक्ने जनाईएको हो ।

एसिया महादेशकै सबै भन्दा ठुलो पञ्चवर्षीय गढीमाई मेलामा झन्डै ८० लाख दर्शनार्थी आउने आकंलन गरिएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर