
कलैया । प्रदेश २ मा खेलकुद विकासको लागि प्रदेश ऐन छिट्टै ल्याउने प्रदेश नं २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्र सिंहले बताउनु भएको छ ।
शनिवार बाराको निजगढमा आयोजित नेपाल तेक्वान्दो संघ प्रदेश कार्य समिति प्रदेश २ को कार्यालय उद्धघाटन तथा सम्मान कार्यक्रममा सम्बोधन गर्दै मन्त्री सिंहले यस्तो बताउनु भएको हो । उनले अबको तीन महिना भित्रमा ऐन ल्याएर खेलकुदको काम तिब्र पार्ने बताउनु भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशमा खेलकुदको अवस्था सून्यमा जस्तै रहेकोले आफू आएपछि ऐन बनाएर काम गर्न ढिला हुने भएकोले शुरुमा कार्यबिधि ल्याएर काम अघि बढाउन लागेको बताए ।
मन्त्री सिंहले विभिन्न खेलको प्रदेश स्तरीय टिम बनाई प्रशिक्षण गराउने, विद्यालय स्तरबाटै खेलकुद प्रशिक्षण शुरु गराउन आठ जिल्लाका १६ विद्यालयमा नमुनाका रुपमा शुरु गर्ने र यस बर्ष प्रदेश, राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता गराउन प्रयत्नशिल रहने र सम्पूर्ण खेल सामग्री आठँै जिल्लामा पु¥याउने समेत बताउनु भयो । हरेक जिल्लामा कवर्डहल निर्माण आफनो प्राथमिकतामा रहेको समेत बताउनु भयो ।
नेपाल तेक्वान्दो संघ प्रदेश कार्य समिति प्रदेश नं. २ का अध्यक्ष पेमासिद्धि लामाको अध्यक्षतामा भएको उद्धघाटन तथा सम्मान कार्यक्रममा निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश कुमार खनाल, उपप्रमुख लिलादेवी लामिछाने खनाल, नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य गुरुप्रसाद गौतम ,निजगढ क्षेत्रका पार्टी प्रमुख, पूर्व सदस्य सचिव युवराज लामा, निजगढ कवर्डहल संरक्षण समितिका अध्यक्ष मिना लामा, नेपाल तेक्वान्दो संघ बाराका अध्यक्ष चित्र बहादुर लामा सहित ८ वटै जिल्लाका अध्यक्ष एवम प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल तेक्वान्दो संघ प्रदेश कार्य समिति प्रदेश नं. २ का अध्यक्ष पेमासिद्धि लामाले मन्त्री बिरेन्द्र सिंहलाई सम्मान गर्नु भएको थियो ।