धिरेन्द्र पनुहर,कोल्हवी । बाराको कोल्हवी स्थित थारु सेवा सदनको सभा हलमा थारु महिला सभा केन्द्रिय कार्य समितिको आयोजनामा शनिबार १ दिने कोभिड १९ जागरण तथा सहयोग कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि थारु सेवा सदनका केन्द्रीय कार्य समिति सदस्य हृदय नारायण चौधरी, विशिष्ट अतिथिमा थारु सेवा सदन जिल्ला कार्य समिति बाराका सभापति रामप्रसाद चौधरी अतिथिहरुमा गाउँ इकाइ कमिटी कोल्हवीका सभापति रामबाबु चौधरी ,उपसभापति जय प्रकाश चौधरी सदस्य रामनाथ चौधरी लगाएतको पस्थिति थियो ।

कार्यक्रममा स्वागत मनतव्य रामप्रसाद चौधरीले दिनु भएको थियो । प्रमुख अतिथी समेत रहनु भएका चौधरीले बुद्ध थारुको सन्तान रहेकोले हामी सबै थारुले बुद्धको मार्गमा हिड्नको लागि आग्रह समेत गर्नु भयो । कोभिडको बेलामा आफू सुरक्षित रहि समाजलाई पनि सुरक्षित राख्नको लागि विभिन्न किसिमको उपायहरु अपनाउन आग्रह गर्नु भयो ।

कार्यक्रममा स्वास्थ्यकर्मी रिता देवी चौधरीले कोभिड १९ सगँ सम्बन्धित लक्षण र रोकथामको बारेमा प्रशिक्षण गर्नु भएको थियो । कार्यक्रममा कोभिड १९ का कारण मृत्युु भएका आफन्तलाई नगद रु पाँच हजारको दरले पाँचजनालाई राहत स्वरुप थारु सेवा सदनका केन्द्रीय सदस्य हृदय नारायण चौधरीले वितरण गर्नु भएको थियो ।

कार्यक्रमको प्रमुख सहयोगीको रुपमा थारु एण्ड फ्रेन्डस अमेरिका रहेको थियो भने सह–आयोजक थारु महिला सभा जिल्ला कार्य समिति बारा रहेको थियो । कार्यक्रम संचालन महिला सभाकी सचिव सन्ध्या राय चौधरीले गर्नु भएको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर