
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–११ का वडा अध्यक्ष बिंदालाल साह विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट निर्वाचित अध्यक्ष साहलाई पक्राउ गरेर उपस्थित गराउन जिल्ला अदालत बाराले प्रहरीलाई पत्र पठाएको हो ।
मंसिर १७ मा अदालतले जिल्ला प्रहरी कार्यालय बारालाई पत्र लेखेर वडा अध्यक्ष साहलाई पक्राउ गरेर उपस्थित गराउन भनेको छ ।
चेक अनादर सम्बन्धी कसुरमा आरोपी वडा अध्यक्षलाई पक्राउ गर्न भनिएको जिल्ला अदालत बाराले जानकारी दिएको छ ।
वडा अध्यक्ष साहबिरुद्द सोही वडाका चेतनारायण मुखिया बिनले दर्ता गराएको चेक अनादरको मुद्दामा अदालतले मंसिर १४ गते वडा अध्यक्ष साहलाई पक्राउ गर्न आदेश जारी गरेको थियो ।