विश्वप्रसिद्ध गढीमाई मेलामा नेपाल टेलिकमले अहिलेसम्म ९१६ वटा सिमकार्ड निशुल्क रुपमा वितरण गरिसकेको जनाएको छ ।
दर्शनार्थीहरुको सुबिधालाई मध्यनजर गर्दै नेपाल टेलिकमले निशुल्क सिमकार्ड वितरण गरिरहेको जनाएको हो ।
मेला स्थलमा पहिलादेखि जडान फोर्जी मोबाईल टावर ४ वटा , अहिले फेरी १८ वटा फोर्जी स्मल सेल र भेन बेट्स जडान गरी भोवाईस तथा डाटा सेवा प्रदान गरिरहेको छ ।







