साजिर मन्सूर 

कलैया,पुष ३ 

कलैया उपमहानगरपालिका वडा नम्बर २७ ले आयोजना गराउदै आएको दोश्रो वडा अध्यक्ष नक आउट फूटबल प्रतियोगिता अन्तरगत आज सम्पन्न फाईनल खेलमा रङ्गपुर्वा फूटबल क्लब बिजयी भएको छ । रङ्गपुर्वाले डुमरबानालाई १-० गोल अन्तरले पराजित गरेको हो । बिजेता रङ्गपुर्वाले नगद रु २५ हजार पाएको छ । यस्तै दोश्रो भएको डुमरबानाले नगद १५ हजार पाएको हो ।

सिस्वामहेशपुरको खेल मैदानमा भएको फाईनल खेलमा कलैया उपमहानगरपालिका वडा न.२७का वडा अध्यक्ष अशोक कुमार तिवारी,कार्यक्रमको प्रमुख अतिथि पुर्व मन्त्री तथा सान्सद ज्वाला कुमारी साह,विशिष्ट अतिथि कलैया उपमहानगरपालिकाका प्रमुख प्राशासकिय अधकृत नाथु साह, मदन भण्डारी फाउन्डेसन का मधेस प्रदेश अध्यक्ष राज महम्द राय,कलैया उमनपा वडा न.२ का वडा अध्यक्ष राजेस मन्डल ,दीपेन्द्र साह, मन्जय केसरि लगायतकाको उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर