
हालै काठमाण्डौमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा राम्रो प्रदर्शन गरेको भन्दै वीरगंजका दुई खेलाडीलाई वडाध्यक्षले नगदसहित सम्मानित गर्नुभएको छ ।
वीरगंजका दुई क्रिकेटर दाजुभाई आरिफ शेख र आशिफ शेखलाई बीरगंज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील कानुले वडाकार्यलयबाट जनही ५१/५१ हजार नगद र प्रशंसा पत्र प्रदान गरी सम्मानित गर्नुभएको हो ।
आशिफ शेखले जनकपुर बोल्ट्समाफर्त र आरिफ शेखले सुदूरपश्चिम रोयल्समार्फत एनपीएलमा राम्रो प्रदर्शन गरेको हुदा सम्मान गरिएको वडाध्यक्ष कानुले बताउनुभयो । दुवै जना खेलाडी दाजुभाईले वीरगंजलाई अन्तराष्ट्रिय जगतमा समेत चिनाउन महत्वपूर्ण भूमिका खेलेको हुदा आफु गौरवान्वित भएको वडाध्यक्ष कानुको प्रतिक्रिया छ ।