मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीका मुख्यमन्त्री सतिश सिंह अहिले सत्तापक्ष र विपक्ष दुबैको निशानामा गर्नुभएको छ। आजबाट सुरु भएको मधेश प्रदेशको चौथो अधिवेशनलाई सम्बोधन गर्दै सत्तापक्ष र विपक्ष दुवैले सिंहमाथि नै निशाना साधेका हुन् ।

केहिदिन अगाडी जनमत पार्टीका अध्यक्ष डा.सिके राउतका सचिवालयले लामो फेसबुक स्टाट्स लेख्दै सत्ता गठबन्धनका सांसद र मन्त्रीकै कारण आफ्नो पार्टी नेतृत्वको सरकारले जनापेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएका थिए ।

यसपछि मधेश प्रदेशमा जनमत पार्टीका सत्ता सहयात्री बनेका कांग्रेस , एमाले र लोसपा रुष्ट भएको थिए र त्यसको रिसमा आज चौथो अधिवेशनमा रोस्टमबाट बोल्दै मुख्यमन्त्री सतिश सिंहसंग जवाफ मागेका थिए ।

कांग्रेसका संसदीय दलका नेता कृष्ण यादवले प्रदेश सरकारको बारेमा संघिय संसदमा प्रतिनिधित्व गरिरहनुभएको जनमत पार्टीका अध्यक्ष राउतलाई टिप्पणी गर्ने अधिकार नभएको र उहाले लगाउनुएको आरोप गलत रहेको बताउनुभयो ।

यादवले डा.राउत बाहिरबाट सत्ता सहयात्रीमाथि लगाउनुभएको आरोपको बारेमा मुख्यमन्त्री सतिश सिंहसंग जवाफ माग्नुभएको थियो ।

यसैगरी अर्का सत्तापक्षका नेता लोसपा सांसद उपेन्द्र महत्तोले सडकबाट आरोप लाउनु जति सजिलो छ त्यतिनै सदनबाट प्रमाणित गर्न कठिन रहेको डा.राउतलाई जवाफ फर्काउनुभयो ।

उहाँले सत्तापक्षको कुरा गठबन्धन दलहरुले बसेर एकापसमा छलफलबाट अगाडी बढ्ने बताउनुभयो । मुख्यमन्त्रीलाई कसले असहयोग गरिरहेको रोस्टमबाट भन्न आग्रह गर्नुभयो ।

त्यस्तै विपक्षका नेताहरुले समेत मुख्यमन्त्री सिंहलाई प्रश्नको घेराबाट चौथो अधिवेशनको पहिलो सत्रबाटनै घेरेका थिए । उनिहरुले बजेटको अहिलेसम्म प्रदेश सरकारले १ प्रतिशत समेत खर्च गर्न नसकेकोले यो सरकार असफल भईसकेको टिप्पणी गरेका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर