
कलैया ।ईलाका प्रहरी कार्यालय प्रसौनीले ठूलो परिमाणमा अवैध घरेलु मदिरा तथा भट्टी नष्ट गरेको छ । फेटा गाउँपालिका वडा नम्बर १ खैरातीमाई मन्दिरको तथा त्रिवेणी खोला र सामुदायिक वनको छेउँछाउँमा लुकाई छिपाई अवैध घरेलु मदिरा उत्पादन भइरहेको प्राप्त सूचनाको अधारमा नष्ट गरेको हो ।
त्यस्तै प्रहरी टोलीले अवैध घरेलु मदिरा उत्पादन गर्ने २ ओटा अवैध भट्टीबाट कच्चा पदार्थ १३ सय लिटर तथा मदिरा उत्पादनमा प्रयोग भएका सामानहरू समेत नष्ट गरेको छ ।