नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकमा उथलपुथलको सम्भावना रहेको बताउनुभएको छ । बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा अन्तर्राष्ट्रिय परिस्थितिको चर्चा गर्दै उथलपुथलबाट जोगिन विपक्षी दलहरू एक हुनुपर्ने भनाइ उहाँले राख्नुभयो।

बैठकमा सहभागी एक नेताले बताए अनुसार, आजको बैठकमा सबैभन्दा धेरै समय लिएर नेपालले नै बोलेका थिए । झण्डै दश मिनेट आफ्ना कुरा ब्रिफिङ गरेका उहाँले बंगलादेश, दक्षिण कोरिया, श्रीलंका लगायतका देशमा देखिएको असन्तुष्टि नेपालमा पनि भित्रभित्रै बढ्दै गएको पनि बताएका छन् ।

संविधान संशोधन, धार्मिक गतिविधि, शासकीय स्वरुप लगायतका विषयमा गम्भीर हुनुपर्ने भन्दै उहाँले सबै विषयलाई एउटै डालोमा हालेर मुलुकलाई अर्को ट्रयाकमा लाने प्रयास हुनसक्ने बताउनुभयो ।

‘धेरैवटा विषयलाई एउटै डालोमा हालेर लिने प्रवृत्ति बढेकाले पनि मुलुक अर्को ट्र्याकमा जानसक्छ,’ नेपालले भन्नुभएको छ । उथलपुथलबाट रोक्न अब विपक्षी दलहरू एक हुनुपर्ने बताउँदै उहाँले अन्य साना दलहरूलाई विपक्षी मोर्चामा ल्याउनेबारे भइरहेको प्रयास पनि चर्चा गर्नुभयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर