
कलैया ।प्रदेश –२ मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिकामा साईकल वितरण गरिएको छ ।
जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ टाङ्गियावस्तीमा ३० जना छात्राहरुलाई साइकल वितरण गरिएको हो । उक्त साइकल वितरण कार्यक्रममा सभापति रमेश सापकोटा, प्रमुख अतिथिमा प्रदेश सभा सदस्य माननीय पारस साह, विशिष्ट अतिथिमा उपसभापति पवन व्याहुतको रहेकोे थियो ।
कार्यक्रममा जनता समाजवादी पार्टी बाराका क्षेत्रीय अध्यक्ष कमलेश मण्डल, नगर अध्यक्ष शिवनाथ पटेल, युवा अध्यक्ष सुजित पाण्डे, स्थानीय नेता सोम बाहादुर मगर लगायत, शिक्षक, विद्यार्थी र स्थानीयहरुको सहभागीता रहेकोे थियो ।